दाेस्रो शृंखलामा अफगानिस्तानद्वारा बंगलादेश पराजित

असोज – १३ । अफगानिस्तानले दाेस्रो एकदिवसीय खेलमा घरेलु टोली बंगलादेशलाई २ विकेटले पराजित गरेको छ ।
बंगलादेशले बनाएको २ सय ८ रनलाई पछ्याउने क्रममा अफगानिस्तानले २ बल बाँकी छँदा ८ विकेट गुमाउँदै २ सय १२ रन बनाएर जीत आफ्नो पक्षमा पारेको थियो ।
मोहम्मद नबी र कप्तान अस्गर स्टानिकजाईले पाँचौ विकेटका लागि १ सय ७ रनको सतकीय साझेदारी गरेपछि अफगानिस्तानले दोस्रो एकदिवसीय खेलमा घरेलु बंगलादेशलाई २ विकेटले पराजित गरेको हो ।
यो जीतसँगै अफगानिस्तानले तीन वटा एकदिवसीयको शृंखला १–१ बनाएको छ ।
Afaganstan
Bnagladesh
Cricket
