बसेलमाथि आर्सनलको सहज जित

असोज – १३ । जारि च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा आर्सनले बसेलमाथि २–० को जित निकालेको छ ।
दुइ गोल थियो वालकोटले गरेका हुन् । आर्सनललाई अग्रता दिलाउन ७ औँ मिनेटमा एलेक्स सान्चेसले दिएको हेडपासलाई वालकोटले गोलमा परिणत गरेका हुन् ।
त्यस्तै २६ औँ मिनेटमा पनि वालकोटले गोल गर्दै अग्रता दोब्बर बनाए जुन निर्णायक गोल रह्यो ।
बसेलका गोलरक्षक थोमस भेलिकले आर्सनलका कैयाैँ प्रहारलाई विफल समेत बनाएका थिए । खेलको म्यान अफ द म्याच आर्सनलका एलेक्स सान्चेस भए जसले दुई गोलका लागिनै पास दिएका थिए ।
arsenal
