खेल

नेपोलीले गर्यो ८ मिनेटमा ३ गोल, बेनिफिका पराजित

नेपोलीले गर्यो ८ मिनेटमा ३ गोल, बेनिफिका पराजित
असोज–१३ । च्याम्पियन्स लिग अन्तर्गत समुह ‘बी’ को खेलमा नेपोलीले बेनिफिकालाई ४–२ गोलले पराजित गरेको छ । nepoli दोस्रो हाफको ८ मिनेटभित्र ३ गोल गरेपछि इटालियन क्लब नेपोलीले च्याम्पियन्स लिगअन्तर्गत समुह को खेलमा पोर्चुगालको बेनिफिकालाई पराजित गरेको हो । सिरियाको उपविजेता क्लबका लागि मेर्टेन्सले दोस्रो हाफको ५१ र  ५८ मिनेटमा २ गोल गरेका थिए । घरेलु मैदानमा नेपोलीका लागि खेल सुरु भएको २० मिनेटमा हामसिकले पहिलो गोल गरेका थिए । मेर्टेन्सबाहेक मिलिकले ५४ मिनेटमा पेनाल्टीको अवसरलाई गोलमा परिणत गरेका थिए । बेनिफिकाले अन्तिम २० मिनेटमा २ गोल फर्काएको थियो । नेपोली समुहको दुवै खेल जितेर शीर्षस्थानमा छ। बेनिफिका भने तेस्रो स्थानमा झरेको छ।

Nepoli Portugal

विशेष