नेवानिले युएईका लागि उडान थप्याे, चाडपर्व उपलक्ष्यमा ३० केजी लगेज निःशुल्क ल्याउन पाउने

असोज–१३ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले युएईका लागि उडान थप गरेको छ । यसका साथै अब निगमले काठमाडौं–युएईको चार उडान हप्तामा गर्ने छ ।
चार वर्षको अन्तरालपछि अगष्ट १८ अर्थात (भदौ २) बाट हप्तामा तीन उडान गर्नेगरी नेवानि युएई आएको थियो । गत आइतबारदेखि उडान थपेर हप्ताको चार बनाइएको छ ।
यस अघि युएईबाट हप्तामा तिन दिन सोमबार, बुधबार र शुक्रबार उडान भर्दै आएको नेवानिले आइतबारदेखि हप्तामा चार दिन आईतबार सोमबार, बुधबार र शुक्रबार निगमले उडान भर्ने भएको हो ।
निगमले दशैँ तिहारको अवसरमा आफ्ना यात्रुलाई ३० केजी लगेज, ७ केजी हेण्डक्यारी निःशुल्क ल्याउन पाउने व्यवस्था गरेको छ । नेपाल आउने अधिकांश कामदारले टिभी ल्याउने हुँदा निःशुल्क लगेजको सुविधाले उनीहरुलाई सहयोग पुग्ने अपेक्षा नेवानिले गरेको छ ।
nepal airline
Nepal Airlines
