स्वास्थ्य

स्वास्थकर्मीमाथि हातपात गर्नेलाई धरौटीमा नछोड्न संघको माग

स्वास्थकर्मीमाथि हातपात गर्नेलाई धरौटीमा नछोड्न संघको माग
असोज–१३ । स्वास्थकर्मी तथा स्वास्थ्य संस्थामा हातपात, गाली बेइज्जत, गुण्डागर्दी र तोडफोड गर्ने जो सुकैलाई तुरन्त धरौटीमा नछोडीने गरी जेल (जेल विथ्आउट वेल) को प्रावधान लागु गर्नुपर्ने माग नेपाल चिकित्सक संघले सरकारसँग गरेको छ । medical-association संघले बिहीबार विज्ञप्ती जारी गर्दै चरिकोट जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाएर विभागीय कारवाही गर्नुपर्ने र घटनामा मुकदर्शक बनेका सुरक्षाकर्मीहरुलाई कडा कारबाही गर्नुपर्ने माग गरेको छ । संघले २४ घन्टा भित्र माग सम्बोधन गर्न चेतावनी समेत दिएको छ ।

medical association

विशेष