देश

चार युवाले निर्माण गरे ‘द वल्र्ड फन पार्क’

चार युवाले निर्माण गरे ‘द वल्र्ड फन पार्क’
असाेज - १३ । पर्यटन प्रवद्र्धनलाई बढवा दिने उद्देश्यले झापाका चारजना युवाले दुई करोडको लगानीमा ‘द वल्र्ड फन पार्क’ निर्माण गरेका छन्। जिल्लाको शनिअर्जुन नगरपालिका–२ स्थित अर्जुनधारा जलेश्वर धाम नजिकै उनीहरुले सो पार्क निर्माण गरेका हुन्। funparka पूर्वाञ्चलमा नै पहिलोपटक आधुनिक र सुविधासम्पन्न पार्कका रुपमा रहेको सो पार्कमा सुरज जोशी, सुरेन्द्र गुरागार्इं, समीर मोदी र राजनारायण साहको लगानी छ। एक लाख ८५ हजार वर्गफिटमा फैलिएको उक्त पार्कमा दुई वर्ष माथि उमेर समूहका जो कोहीले भरपुर मनोरञ्जन लिन सकिने छ। भारतका सिक्किम, दार्जिलिङ, मिरिक, सिलगढी लगायतका पर्यटकलाई लक्षित गर्दै सो पार्क सञ्चालनमा ल्याइएको हो। पच्चीस वर्षका लागि जग्गा लिजमा लिएर पार्क निर्माण गरिएको र पार्कमा २० जनाले रोजगारी पाएको पार्क निर्माण समितिका अध्यक्ष जोशीले बताए। एसी र डिलक्स भिआइपी लजको समेत व्यवस्था गरेर सञ्चालनमा ल्याएको सो पार्क निर्माणसँगै पूर्वाञ्चलवासी उत्साहित बनेका छन्। पार्कमा वनभोजस्थल समेत छ। विद्यालय पोसाकमा विद्यार्थीलाई प्रवेश निषेध गरिएको छ। वार्षिक पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पार्क सञ्चालनमा ल्याइको बताइएको छ। पार्कमा वाटरबल बोटिङ, सुमो स्विट, पेन्ट बल, एटिभीबाहेक रेन्ड डान्स, बाटर जर्ब, बडी जर्ब मोनोक्रोम रेस्टुरेन्ट, किड्स जोनको सुविधा छ। रासस

The world fun park in jhapa

विशेष