मनोरञ्जन

अभिनेता टाइगरको हत्या गर्न चाहन्थिन दिशा पटानी

अभिनेता टाइगरको हत्या गर्न चाहन्थिन दिशा पटानी

disha-patani

असोज १४ । अभिनेता टाइगर श्राफकी गर्लफ्रेन्ड दिशा पटानी अर्का अभिनेता रणवीर कपुरसँग विवाह गर्न चाहन्छिन् । यतिमात्रै होइन, उनी टाइगरलाई हत्या गर्न पनि चाहन्छिन् । यस्तो खुलासा भएपछि बलिउडमा दिशाबारे अनेक टीकाटिप्पणी भएका छन् ।

तर, यी सबै कुरा वास्तविक होइनन् । फिल्म ‘एमएस धोनी द अनटोल्ड स्टोरी’बाट बलिउडमा डेब्यु गरेकी दिशाले भारतीय इन्टरटेनमेन्ट पोर्टलको खेल ‘किल, म्यारी एन्ड हुकअप’मा त्यस्तो बताएकी हुन् ।

यो खेलमा उनलाई तीन विकल्प दिइएको थियो– रणवीर कपुर, वरुण धवन र टाइगर श्राफ । यही खेलमा दिशाले टाइगरको हत्या गर्न चाहनुको कारणबारे बताइन, ‘टाइगरबारे सोधिएका प्रश्नको जवाफ दिँदादिँदा म हैरान भइसकेकी छु ।’

Disha Patani

विशेष