म्यानचेष्टर युनाइटेडद्वारा जोर्या लुहान्स्क पराजित

असोज – १४ । जारी युरोपा लिग अन्तर्गत भएको खेलमा म्यानचेष्टर युनाइटेडले जित हात पारेको छ ।
बिहीबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले जोर्या लुहान्स्कलाई १–० ले पराजित गरेको छ । युक्रेनी फुटबल क्लब लुहान्स्कलाई हराउन युनाइटेडका जाल्टान इब्राहिमोविचले हेडमार्फत गोल गरे । लुहान्स्क विरुद्धको खेलमा इब्राहिमोविचले ६९ औँ मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो ।
खेल जित्न भने सहज नभएको खेलाडी तथा प्रशिक्षकले प्रतिक्रिया दिए । एक महिनाभित्र भएका प्रतियोगितामा म्यानचेष्टर युनाइटेडले तीन वटा म्याचमा जित तथा तीन वटामा हार व्यहोरेको छ ।
Manchester United
