इपिएलमा पहिलो सुपर ओभरको भिडन्त

असोज–१४ । कीर्तिपुर मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएएल) क्रिकेटमा शुक्रबार भएको पहिलो खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको छ ।
कलर्स एक्स फ्याक्टर्स र जगदम्बा राइनोजको खेल सुपर ओभरमा गएको थियो । यो लिगको पनि पहिलो सुपर ओभरमा जाने प्रतिस्पर्धा रहेको छ ।
कलर्स एक्स फ्याक्टर्सले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको जगदम्बा राइनोजले ९ विकेट गुमाएर २० ओभरमा १ सय १२ रन बनाएपछि खेल बराबर भएर सुपर ओभरमा गएको हो ।
सुपर ओभरमा जगदम्बाका लागि ब्याटिङ गर्न आएका सोमपाल कामीले अभिनास कर्णको पहिलो बलमा दुई रन, दोस्रो बलमा छक्का हाने । तेस्रो बल डट भयो र चौथो बलमा सोमपाल आउट भए । सौरभ खनाल र पवन सर्राफले सुभर ओभरमा राम्रो सेट खेल्न नसक्दा जगदम्बाले १० रन मात्र बनायो ।
कलर्सका लागि सुपर ओभरमा सिद्धान्त लोहनीले सोमपालको पहिलो बलमा नै छक्का हाने । दोस्रो बलमा १ रन हानेर ज्ञानेन्द्रलाई स्ट्राइक दिएपछि ज्ञानेन्द्रले तेस्रो र पाँचौ बलमा दुई - दुई रन बनाएर खेल आफ्नो पक्षमा पारे ।
यसअघि टस जितेर ब्याटिङ रोजेको कलर्सले २० ओभरमा ८ विकेट गुमाएर १ सय १२ रन बनाएको हो । जसमा ज्ञानेन्द्र मल्ल र राजेश पुलामीले सर्वाधिक २९ रन बनाए । अन्य खेलाडीले भने दोहोरो रन जोड्न सकेनन् । जगदम्बाका लागि सोमपाल कामी र निजामुद्धिन हलुवाईले ३–३ विकेट लिए । त्यस्तै शक्ति गौचनले २ विकेट लिए ।
१ सय १३ रनको लक्ष्य पछ्याएको जगदम्बाले पनि २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन नै बनाएको हो । महेश क्षेत्रीले २२ रन, अमित श्रेष्ठले सोमपाल र पवान सर्राफले १९ रन बनाए । कलर्सका लागि सञ्जम रेग्मीले ४, योगेन्द्र सिंह कार्कीले २ साथै हरिशंकर शाह र अमर रौतेलाले १–१ विकेट लिए ।
कीर्तिपुरमा शुक्रबार नै विशाल वारियर्स र पञ्चकन्या तेजबिच दोस्रो खेल भइरहेको छ ।
Cricket
EPL
EPL ma pahilo sup[r over vidanta
