नेपाली विद्यार्थीद्वारा सोलार कार निर्माण
असोज १४ । पोखरामा नेपाली विद्यार्थीहरुको टोलीले पहिलो पटक चार सिट भएको सोलार कारको निर्माण गरेका छन् । पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा मेकानिकल इन्जिनियरिङ पढ्दै गरेका आठ जना विद्यार्थीहरु मिलेर नेपालमा पहिलो पटक चार सिट क्षमता भएको सोलारकार निर्माण गरेका हुन् ।
उक्त सोलार कार निर्माण टोलीमा सुमित ढकाल, कृष्ण तिमल्सिना,प्रयास रिमाल, दिपेश कार्की, सौगात कोइराला, खगेन्द्र कार्की, राजन खनाल र सागर अधिकारी रहेका छन् । नेपालमा सोलार निर्माण गरिएको यो पहिलो पटक हो । यसअघि बाग्लुङका कुशल केसीले तीन पाङग्रा भएको सोलार कार निर्माण गरेका थिए । सौर्य उर्जाबाट इन्धन आपूर्ति गर्ने भएकाले कारको नाम नै सोलार कार राखिएको हो ।
करिब डेढ वर्षको समय लगाएर निर्माण भएको कारमा लागत खर्च साढे तीन लाख रुपैयाँ लागेको निर्माणटोलीले बताएका छन् । कार निर्माण गर्नको लागि उनिहरुले नै लगाएका र केहि थोरै रकम क्याम्पसका शिक्षकहरुबाट सहयोग पाएको बताएका छन् ।
पछिल्लो समय नेपालमा हुँदै गएको पेट्रोलियम पदार्थको अभाव र लोडसेडिङको विकल्प खोज्दै र विश्वव्यापी रूपमा बढ्दो वायू प्रदूषण र तापक्रम न्यूनीकरण गर्न सोलारबाट चल्ने कार निर्माण गर्न खटिएका हुन् । इन्जिनियरिङ अध्यान संस्थानका पश्चिमाञ्चलका विद्यार्थीको प्रयासमा यो कार निर्माण भएको हो ।
Nepali bidhyarthi
paschimanchan campus lamachaur
Pokhara
solar car nirman