धुर्मुस र सुन्तलीले नाम परिवर्तन गरे (भिडियाे सहित)
असोज–१४ । हाँस्यकलाकार धुर्मुस र सुन्तली आफ्नो नाम परिवर्तन गर्दै लखनभाइ र लक्षुमनिया राखेका छन् । बाल विवाह र चेलीबेटी बेचबिखन विरुद्धको फिल्म मुन्नीका लागि उनीहरुले नाम परिवर्तन गरेका हुन् ।
सिरहाको लाहानमा छायाँकन गरिएको मुन्नी ज्योति पछिको दोस्रो मैथिली लघु चलचित्र हो । समाजसेवासँगै सन्देशमुलक लघु चलचित्र निर्माणमा लागेका धुर्मुस सुन्तलीको मुन्नीलाई दर्शकले निकै रुचाइरहेका छन् । युट्युबमा उक्त फिल्म झण्डै दुई लाख पटक हेरिसकिएको छ ।
मुन्नीमा तराई क्षेत्रको दाइजो प्रथा र यसले निम्त्याउने चलीबेटी बेचबिखनको समस्यालाई देखाइएको छ । यस लघु चलचित्रमा नचिनेको मान्छेलाई छोरी सुम्पिँदा आइपरेको जोखिमलाई देखाइएको छ । साथै फिल्ममा दाइजो दिनु नपर्ने कुराको पनि उठान गरिएको धुर्मुस बताउछन् । मैथिली भाषाका संवादहरु बोल्न निकै रहेको सुन्तलीको अनुभव छ । मुन्नीमा सकेसम्म राम्रो गर्न खोजेको सुन्तलीले बताएकी छिन् ।
कथा दिपक आचार्यले लेखका हुन भने निर्दशन धुमुसले गरेका हुन । मुन्नीमा धुर्मुस सुन्तलीसँगै दीपक आचार्य, महेन्द्र झा, रुपा झा, गौरी नारायण ठाकुर, दिनेश रसिया, सरबन यादब, प्रेमनारायण झा, गजेन्दर ठाकुरलगायको अभिनय छ ।
Dhurmus Suntali
Munni