देश

अन्तर आमा समूह हाजिरी जवाफ प्रतियोगितामा शिव मन्दिर प्रथम

अन्तर आमा समूह हाजिरी जवाफ प्रतियोगितामा शिव मन्दिर प्रथम
असोज – १४ । कालिका एफएमको चौधौँ तथा कालिका टिभीको तेस्रो वार्षिकोत्सवको अवसरमा अन्तर आमा समूह हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । चितावनको भरतपुरस्थित कालिका एफएमको प्रांगणमा उक्त वार्षिकोत्सव कार्यक्रम गरिएको हो । chitwan उक्त कार्यक्रममा प्रथम हुने शिव मन्दिर महिला समूह भरतपुर –१०, द्वितीय कोपिला आमा समूह भरतपुर – १० र सप्तगण्डकी दिदिबहिनी समूह रहेको छन । हाजिरी जवाफ प्रतियोगितामा १८ वटा समूहले भाग लिएका थिए । chitwan-1 विवाहीत महिलाहरुको सहभागितामा सम्पन्न हुने सो कार्यक्रममा सामान्यज्ञान समसामयिक , धार्मिक राउन्ड , गाउँ खानेकथा राउन्ड, एफएम राउन्ड, नेपाली चलचित्र र सांगीतिक राउन्ड गरि प्रश्न सोधिएको चितावनबाट महेश्वरी खड्का थापाले बताएकी छन् । शुरुआतका दिनहरुमा सरल प्रश्नहरु राख्दै आएपनी हालका दिनहरुमा विद्यनलय कलेज स्तरका प्रश्नहरुमा कडा प्रतिस्पर्धा हुने गरेको छ । chitwan-2 आफ्नो स्थापना कालदेखि नै महिलामुखी कार्यक्रम ल्याएर एफएमले यस भेगका दिदिबहिनीहरुलाई हरक्षेत्रमा अग्रसर हुन मद्दत गरेको छ । कालिका एफएमले ल्याएको यस्ता कार्यक्रमहरुले आफ्नो पढाईको बिटमारी सके र घरायसी कामकाजमा व्यस्त दिदिबहिनीहरुलाई देशविदेशमा भैरहेका घटना बारे चासो राख्न प्रोत्साहन मिलेको थियो । chitwan-4 वार्षिकोत्सबकै अवसरमा एफएमले अन्तर महिला फुटसल प्रतियोगिता सम्पन्न भएकाे छ । फाइनलमा पुग्न सफल "अन्तर पार्टी महिला सञ्जाल" चितवन र "गैंडाकोट फुटबल क्लब" बीच कडा प्रतिस्पर्धा भएकाे उक्त खेलमा एकका विरुद्ध तीन गाेल हान्दै  गैंडाकाेट फुटबल क्लब प्रथम भएकाे थियाे । football-3 ८-१० गत्तेसम्म चलेकाे अन्तर महिला फुटसल प्रतियोगितामा २०--५५ वर्ष सम्मका दिदिबहिनी सहभागी थिए । शारीरिक, मानसिक तथा बौद्धिक क्षमता अभिबृद्धी गर्न एफएमले यस्ता कार्यक्रमकाे अायाेजना गरेकाे प्रबन्ध निर्देशक विक्रम पाण्डे बताउँछन् । football खेलकुद कार्यक्रम सँगै मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रम पनि गरिएकाे चितवनबाट महेश्वरी खड्का थापाले बताइन् । एफएमले वर्षै पिच्छे यस्ता नयाँ नौला महिलामुखी कार्यक्रम ल्याएर दिदीबहिनीहरुलाई उमेरको हद पत्तो नहुनेगरी शारीरिक तथा मानसिक क्षमताकाे विकास गराउन लागिपरिरहने एफएमका प्रबन्ध निर्देशक पाण्डेले भनाइ छ । स्टेशन म्यानेजर रिना गुरुङले हरबखत दिदीबहिनीको साथ रहने बताइन् । football-1 - महेश्वरी खड्का थापा/चितावन

Kalika FM

विशेष