आश्विनले बनाए नयाँ विश्व कीर्तिमान
असोज–१४ । कोलकत्ताको एडेन गार्डनमा टीम इन्डियाले आफ्नो भूमिमा २५० औँ टेस्ट क्रिकेट खेलिरहेको छ । दोस्रो टेस्टको पहिलो इनिङमा अलराउण्डर रविचन्द्र आश्विनले नयाँ विश्व कीर्तिमान आफ्नो नाममा दर्ता गरेका छन् ।
[caption id="attachment_30619" align="alignleft" width="300"] एजेन्सी[/caption]
आश्विनले आफ्नो ३८औँ टेस्ट क्रिकेटमा २६ रनको साझेदारी गरेर आउट भए तर उनले टेस्ट क्रिकेटमा १५०० रन पूरा गरेका छन् ।
यसअघि आश्विनले कानपूरमा भएको टेस्टको समयमा टेस्ट क्रिकेटमा २०० विकेट झारिसकेका छन् । आश्विन टेस्ट क्रिकेटमा सबैभन्दा छिटो ३८ खेलमा १५०० रन र २०० विकेट लिने पहिलो खेलाडि बनेका छन् ।
यसअघि यो रेकर्ड इङ्ल्याण्डका अलराउण्डर इयान बाँथमको नाममा थियो । उनले भने यो कीर्तिमान ४१ खेलमा पूरा गरेका थिए ।
Ravichandran Ashwin
World Record in Cricket