मनोरञ्जन

अनुष्का र विराटले तत्काल विवाह नगर्ने

अनुष्का र विराटले तत्काल विवाह नगर्ने

पुस १७ । क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माबीच १ जनवरीमा इन्गेजमेन्ट हुने हल्ला केवल हल्लामै सीमित भएको छ । दुबैले आफूहरु तत्काल विवाह नगर्ने पक्षमा रहेको बताएका छन् । आफूहरुबारे आएको समाचारको पनि उनीहरुले खण्डन गरेका छन् ।

भारतीय सञ्चारमाध्यममा विराट–अनुष्काको विवाहलाई लिएर लगातार समाचार आउन थालेपछि विराटले ट्विटमार्फत अनुष्कासँग तत्काल विवाह गर्ने योजना नभएको जनाएका छन् । ‘हामीले अहिलेसम्म इन्गेजमेन्ट गरेका छैनौं, यदि हामीले इन्गेजमेन्ट गरेको भए सवैलाई जानकारी हुन्थ्यो,’ विराटले भनेका छन् ।

उता, विराटको ट्विटलाई अनुष्काले रिट्विट गर्दै तत्काल इन्गेजमेन्टको सम्भावना नरहेको बताएकी छन्

Anuska Sharma Birat Kohali

विशेष