देशको प्रतिनिधित्व गर्ने खेलाडी अहिले भैंसी चराएर जीवीको धान्दै
पुस १७ । देशको प्रतिनिधित्व गर्दै सातौं दक्षिण एसियाली खेलकुदमा सहभागी भएका सिरहा अयोध्यानगर ९ कसाहाका ५४ बर्षे कुस्तीवाज जनक यादब भैसी चराएर गुजारा चलाउन बाध्य छन् ।
सिराहा सदरमुककाममा सातौं राष्ट्रिय खेलको कुस्ती प्रतियोगिता बिहीबार मात्र सकियो । तर पूर्व कुस्तीवाज जनक भने २० किलामिटर पर भैरहेको राष्ट्रिय कुस्ती बारे अनबिज्ञ थिए । ‘मलाई थाहा छैन’ उनले आश्चर्य मान्दै भने, यो त बिडम्बना भयो, पुराना खेलाडीलाई उपेक्षा गरियो ।
उनको दिनचर्या भैंसी हेरचाह मै बित्छ । अहिले पनि गाँउघरमा हुने कुस्तीमा सहभागी हुँदै आएका उनको गुजारा चलाउने सहारा दुई दुहुना भैसी भएका छन् । सन् १९९५ मा भारतको मद्रासमा सम्पन्न दक्षिण एसियाली महासंघीय (साफ) खेलकुदमा ७४ केजी तौल समूहको कुस्तीमा उनी भिडेका थिए ।
त्यतिबेला सफल हुन सकेनन् । प्रथम राष्ट्रिय खेलकुद प्रतियोगीतादेखि नै सहभागी भई उनले राष्ट्रियमा दर्जनौं स्वर्र्ण, रजत र कास्य जितेका छन् । आफ्नो जीबनको उर्जाशील समय देशको प्रतिष्ठाको लागि कुस्ती खेलेर बिताए पनि राज्यको बेवास्ताका कारण गुजारा चलाउन भैसीको सहारा लिनु परेको उनले दुखेसो पोखे । ‘तीन बर्ष अघि गागन खोलामा गिट्टी चालेर गुजारा चलाएँ ’ सम्पतिको नाममा ६ कठ्ठा जग्गा मात्र भएको उनले भने ।
, ‘अहिले भैसी पालेर दुध बिक्रीबाट गुजारा चलाई रहेको छु । ’ ‘उनले भने दुईवटा भैसीबाट साँझ बिहान दैनिक १६ लिटर दुध हुन्छ, त्यसमध्ये १० लिटर प्रतिलिटर ६० रुपैयाँका दरले बिक्री गर्छु । बाँकी आफ्नो र परिवारका लागि राख्छु’ ।
केही ऋण र गागन खोलामा गिट्टी चालेरै उनले तीन छोरीको विवाह पनि गरिदिए । अहिले उनको साथमा एक छोरा र पत्नी छन् । उनले आफ्नो छोरालाई कुस्ती खेलप्रति कहिल्यै आकर्षीत हुन दिएनन् । काठमाडौं, विराटनगर, चितवन, नेपालगन्ज, वीरगन्ज र राजविराजलगायत विभिन्न स्थानमा १ बर्ष ३ महिना कुस्ती प्रशिक्षण लिइसकेका उनले राज्यले कुस्ती खेल र खेलाडीलाई उपेक्षा गरेको गुनासो गरे ।
तीन वर्षअघि सिराह सदरमुकामस्थित क्याम्पस चौरमा देब्रे ख्ट्टा मर्किँदा उपचारमा एक लाख रुपैयाँ भन्दा बढी खर्च भए पनि कतैबाट सहयोग नपाएको उनले बताए । राज्यको उपेक्षाका कारण देशमा कुस्ती खेल र खेलाडीको अबस्था नाजुक बन्दै गएकोमा उनले दुःख ब्यक्त गरे । पौराणिक र मौलिक कुस्ती खेल लोकप्रिय भए पनि राज्यकै उपेक्षाका कारणले समाप्त हुन लागेकोप्रति उनले चिन्ता ब्यक्त गरे ।
कुस्ती खेलका जानकारका अनुसार आधुनिक कुस्तीको इतिहास यसको लोकप्रियताको बिकाससँगै १९ औँ सताब्दीदेखि सुरु भएको हो । नेपाल कुस्ती संघका अनुसार विश्वका २ सय १६ देशमा कुस्ती खेलिन्छ । महाभारत, रामायणकालदेखि कुस्ती खेल्दै आए पनि नेपालमा भने आधुनिक कुस्तीको सुरुवात २०४५ सालमा वीरगन्जमा भएको बताउँछन सातौं राष्ट्रिय खेलकुदका कुस्ती निर्णायक समितिका प्रमुख संयोजक विद्यासागर पोखरेल । कुस्ती संघ महासचिब एबं मुख्य प्रशिक्षक पोखरेलले सरकारी नीति ठीक नहँुदा धेरै खेलाडी पलायन भइसकेको बताए । –कान्तिपुर दैनिकबाट