स्वास्थ्य

जाडो लाग्यो, बच्नुहोस् यस्ता रोगबाट

जाडो लाग्यो, बच्नुहोस् यस्ता रोगबाट

पुस महिना लागेसंगै जाडो बढ्न थालेको छ । जाडोमा सबैभन्दा धेरै हुने समस्या भनेको ओठ फुट्नु हो । यो समस्या बढ्दै जाँदा ओठ सुख्खा हुने, रातो हुने सुन्निने र फुटेर रगत आउने हुन्छ । जाडोयाममा सुख्खा हावाले छालाको ओसिलोपना हराउँदै जाँदा ओठ, कुर्कुच्चालगायत शरीरका अन्य भागका छाला फ्ट्ने हुन्छ ।

प्राकृतिक रुपमा बाह्य सतहमा रहेको पातलो तेलीय पत्रले ओठलाई रसिलो राखिरहेको हुन्छ । कसैकसैको जोठलाई जिब्रोले छोइरहेको हुन्छ त्यसले गर्दा ओठ रसिलो हुने गर्दछ । ओठ फुटेको बेलामा सुन्तला कागती खाँदा त्यसमा भएको रसले अम्लिए पदार्थलाई समस्या बढाउँछ । यस्तो बेलामा ओठमा मह, ध्यू वा नरिबलको तेल दल्दा फाइदा हुन्छ । जलयुक्त बाम च्यापिस्टिक वा लिपस्टिकले पनि यो समयाको स्थायी निदान हो ।

त्यस्तै जाडोमा हातगोडा फुट्ने समस्या पनि ज्यार्दै नै हुने गर्दछ । यसबाट पनि धेरै समस्या हुन सक्ट र त्यस्तै जाडो मौसममा शारीरिक सरसफाइमा कमी भयो भने योेनाङ्ग चिलाउने संक्रमण हुने जस्ता विभिन्न रोग लाग्ने गर्दछन् । त्यसैले अस्पताल जानु भन्दा पहिल्यै यसको निदान गर्न जरुरीे छ ।

Health Human Health

विशेष