खेल

चौथो साफ अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल खेल भोली

चौथो साफ अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल खेल भोली
पुस–१७ । चौथो साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलको खेल भारतसँग खेल्ने भएको छ । समूह ‘बी’ को अन्तिम खेलमा शनिबार भारत र बंगलादेश गोल रहित बराबरी खेलेपछि भारत उपविजेता बनेको हो । यसअघि नै सेमिफाइनल पुगिसकेका भारत र बंगलादेश शनिबारको खेलसँगै गोल अन्तरका आधारमा बंगलादेश समूह विजेता भयो । समूह ‘ए’ को विजेता नेपाल र समूह ‘बी’को उपविजेता भारतको खेल जनवरी–२ अर्थात भोली सिलगुढीस्थित कञ्चनजंगा रंगशालामा हुने छ । नेपालले आफ्नो समूहबाट सबै खेल जितेर सेमिफाइनलको यात्रा तय गरेको हो । सोमबार हुने खेलले फाइनल प्रवेशको निधो गर्नेछ ।

चौथो साफ महिला फुटबल च्याम्पियनसिप नेपाल भारत सेमिफाइनल

विशेष