खेल

दुई मिनेटमा गरेको दुई गोलले बाजी पल्टायो, युनाइटेड २–१ ले विजयी

दुई मिनेटमा गरेको दुई गोलले बाजी पल्टायो, युनाइटेड २–१ ले विजयी
पुस–१७ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । युनाइटेडले मिडिल्सबर्गलाई २–१ ले हराउँदै जित दर्ता गरेको हो । गोलरहित बराबरीमा सहिएको पहिलो हाफ पछि खेलको ६७ औँ मिनेटमा मिडिल्सबर्गको लागि ग्रान्ट लिडविटरले सुरुवाति अग्रता दिलाएका थिए । ८५ औँ मिनेटमा एन्टोनी मार्टेलले युनाइटेडको लागि गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको एक मिनेटमै अर्थात ८६ औँ मिनेटमा पाउल पोग्बाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । उनले गरेको गोल निर्णायक गोल बन्यो । जितसँगै छैठौँ स्थानमा रहेको युनाइटेडको १९ खेलबाट ३६ अंक भएको छ भने मिडिल्सबर्ग १८ अंकमा रहेर १६ औँ स्थानमा झरेको छ ।

इंग्लिस प्रिमियर लिग मिडिल्सबर्ग म्यानचेस्टर युनाइटेड

विशेष