ताप्लेजुङमा वन रक्षकको हत्या

पुस–१७ । जिल्ला वन कार्यालयअन्तर्गत खोक्लिङ रेञ्जपोस्टमा कार्यरत वन रक्षक गणेश शाहीको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जाजरकोट घर भएका शाहीको अार्इतबार बिहान हत्या भएको हो । खोक्लिङ गाविसको ओइराखुस्थित सामुुदायिक वनको लगत सर्वेक्षणका क्रममा गएका समयमा स्थानीय सविन लिम्बुूले खुकुुरी प्रहार गरी उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।
धारिलो हतियार प्रहारबाट घाँटी र शरीर छुट्टिएको अवस्थामा उनको शव फेला परेको थियो । घटनास्थल सदरमुकामबाट करिब चार घन्टाको पैदल दूरीमा पर्छ । खुकुरी प्रहार गर्ने सविन फरार रहेको र उनको खोजी कार्य भइरहेको बताइएको छ । रासस
ताप्लेजुङ
वन रक्षक