समाज

बाबुरामलाई मन परेन टोपी दिवस मनाएको, भन्छन् के को टोपी दिवस ! के को धोती दिवस !

बाबुरामलाई मन परेन टोपी दिवस मनाएको, भन्छन् के को टोपी दिवस ! के को धोती दिवस !

पुस १८ । अङ्ग्रेजी सम्बतको पहिलो तारिखका दिन आज देशभर मनाइएको टोपी दिवसविरुद्ध नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले व्यङ्ग्य गरेका छन् ।

माइक्रो ब्लगिङ साइट ट्विटरमा आइतवार राति एउटा ट्वीट गर्दै बाबुरामले टोपी दिवसका नाममा बहुजातीय देशका एकल संस्कृतिको कुरा गरेको आरोप लगाएका छन् ।

उनले संविधान र राष्ट्रगानसमेत बहुजाति र बहुसांस्कृतिक भएको देशमा एकल संस्कृतिका कुरा जायज नहुने पनि जिकिर गरेका छन् ।

टोपी दिवस, अब बख्खु दिवस,  धोती दिवस, संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसंस्कृति स्वीकारिसकेको देशमा एकल संस्कृतिका कुरा कति जायज़रुु, उनले व्यंग्यात्मक शैलीमा भनेका छन् ।

बाबुरामले यो ट्वीट गरेपछि उनीविरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखिएको छ । उनलाई भारतीय दलाल को संज्ञा दिँदै अपमानजनक गालीगलौज पनि शुरु भएको छ।

https://twitter.com/brb1954/status/815551119808024576?ref_src=twsrc%5Etfw

baburam

विशेष