खेल

नेपाली टोली बलियो मनस्थितिका साथ भारतसँग खेल्दै

नेपाली टोली बलियो मनस्थितिका साथ भारतसँग खेल्दै
पुस – १८ । चौथो साफ च्याम्पियनसिप महिला फुटबलको पहिलो सेमिफाइनलमा समूह चरणका सबै खेल जितेको नेपाली टोली बलियो मनस्थितिका साथ भारतसँग खेलिरहेको छ । भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा स्टेडियममा खेल भइरहेको हो । नेपाल समूह विजेता र भारत उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन् । यस अघिको खेलमा नेपालले श्रीलंकालाई एक गोलले हराएर सेमिफाइनलको यात्रा तय गरेको थियो । आइतबार भारत बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल र भारत सेमिफाइनलमै भिड्ने पक्का भएको हो । नेपाली टोलीको सुरुवाती ११ मा सावित्रा भण्डारी, मञ्जली कुमारी योञ्जन, सरु लिम्बु, अनिता बस्नेत, दिपा राई, रेनुका नगरकोटी, हिराकुमारी भुजेल, पुनम मगर, गिता राना, मनमाया लिम्बु, अञ्जिला सुब्बा छन् । यसैगरी सब्सिच्युटमा अञ्जना रानामगर, नमितकुमारी दली, कविता धिमाल, अन्चली वाइवा, सपना लामा, दिपा अधिकारी, शर्मिला थापा, कृष्णा खत्री, निर्मला बिके छन् ।

विशेष