नेपालले इतिहास बदल्न सकेन, भारतसँग ३–१ ले पराजित
पुस–१८ । चौथो महिला साफ फुटबल च्याम्पियनसिपअन्तर्गत भएको पहिलो सेमिफाइनल खेलमा नेपाल भारतविरुद्ध ३–१ गोल अन्तरले पराजित भएको छ ।
भारतको पश्चिम बंगालस्थित सिलिगुढीको कञ्चनजंघा रंगशालामा भएको खेलमा ४४ मिनेटमा भारतको लागि कमला देवीले सुरुवाति अग्रता दिलाए । १–० मा रोकिएको पहिलो हाफ पछि खेलको ५८औँ मिनेटमा इन्दुमतिले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए र खेल २–० मा पुर्याए ।
दबावमा परेको नेपाली टोलीलार्इ ७५ औँ मिनेटमा पेनाल्टीबाट सावित्रा भण्डारीले गोल गर्दै केही आशा देखाएकी थिइन् । तर ८३ औँ मिनेटमा भारतको लागि शष्मिता मल्लिकले गोल गर्दै भारतलाई ३–१ को अग्रतामा पुर्याइन ।
नेपालले यसअघि पनि तीन संस्करणमा फाइनलमा भारतसँगै हार व्योहेरो थियो ।
चौथो महिला साफ फुटबल च्याम्पियनसिप
नेपाल
भारत