करेन्ट लागेर मृत्यु

पुस–१८ । बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिका–९ जिल्लीमा विद्युत्को झट्का लागेर मृत्यु ३५ वर्षीय चन्द्रबहादुर विकको मृत्यु भएको छ ।
घर निर्माणको काम भइरहेका बेला खम्बामा रहेको तारमा छोएपछि विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिएका छन् ।
मृतकका आफन्तजनले भने त्रिवेणी साना जलविद्यु्त् केन्द्रको कमजोरीका कारण विकको मृत्यु भएको आरोप लगाएका छन् । रासस
करेन्ट
बाजुरा