समाज

असिना र हिमपातले जनजीवन कष्टकर

असिना र हिमपातले जनजीवन कष्टकर
पुस–१८ । उत्तरी धादिङका विभिन्न भागमा साेमबार असिना पानी र केही भागमा हिउँ परेकोे छ । दार्खा, झर्लाङ, सत्यदेवी, रि र सेमजोङ गाविसमा असिनापानी परेकाका कारण जनजीवन प्रभावित भएको छ । भूकम्पपछि टहरामा र केही व्यक्ति त्रिपालमै बस्दै आएकाले जनजीवन प्रभावित भएकाले जाडोमा परेको असिनापानीले गाउँबासी समस्यामा परेको झर्लाङका योवन तामाङले बताए । सुदूर उत्तरी बस्ती रहेका तिप्लिङ, लाप, सेर्तुङ र झर्लाङका केही भागमा हिउँ परेको छ । गाउँमा हिउँ परेका कारण उत्तरी धादिङको सेर्तुङ प्रहरीको सञ्चार सम्पर्क समेत टुटेको छ । घर बनाउन नसकेको बस्तीमा परेको हिउँका कारण गाउँबासी समस्यामा परेका छन् । रासस

असिना पानी धादिङ हिउँ

विशेष