बैंकिङ स्वास्थ्य

ग्लोबल आइएमई बैंकद्वारा रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण

ग्लोबल आइएमई बैंकद्वारा रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण
पुस - १८ । ग्लोबल आइएमई बैंकले आफ्नो १०औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रमको आयोजना गरेको छ । “रक्तदान नै जीवन दान” भन्ने मुल नाराका साथ सोमबार बैंकको कान्तिपथ शाखामा रक्तदान कायक्रमको आयोजना गरेको थियो । रक्तदान तथा निशुल्क मधुमेह परीक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुको उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ । मुलुकमा देखिएको रगत अभावलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । स्थापनाको एक दशकमा अवधीमा फरक पहिचान बनाउँदै बैंक बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भइसकेको छ ९१ शाखा, १०३ एटिएम, ६ बटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दे आइरहेको छ ।

IME ग्लोबल आइएमई बैंक

विशेष