स्टार क्रिकेटर शक्ति गौचन म्युजिक भिडियोमा (भिडियाेसहित)

पुस–१८ । नेपाली क्रिकेट टोलीका उत्कृष्ट बलरका रुपमा परिचित शक्ति गौचन एक म्युजिक भिडियोमा देखा परेका छन् । सन्तोष बस्न्यातको शब्द, संगित र स्वरको 'आमा' नामको म्युचिक भिडियोमा शक्ति गौचन मिथिला शर्मासँगै देखिएका छन् ।
भिडियोमा आमाको प्रेम र हौसलाले शक्ति एक असल छोरा भएको देखाइएको छ । उक्त भिडियोमा उनले नेपालका लागि खेलेका केही उत्कृष्ट प्रदर्शनको फुटेज पनि समावेश गरिएको छ ।
अर्जुन तिवारी र उनको सहयोगी टोलीले खिचेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
म्युजिक भिडियो
शक्ति गौचन