समाज

कालीगण्डकी करिडोरको काम तत्काल अघि बढ्ने

कालीगण्डकी करिडोरको काम तत्काल अघि बढ्ने
पुस–१८ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको काम तत्काल अघि बढाइने बताएका छन् । रामपुर गङ्गा माविले आयोजना गरेको श्रीमद्भागवत महायज्ञको साेमबार उद्घाटन गर्दै उनले कालीगण्डकीमा निर्माणका क्रममा अलपत्र परेको दुई पक्की पुलको कामसमेत अघि बढाउन पहल गर्ने आश्वासन दिए । एक प्रसङ्गमा उनले संविधान संशोधनबिना घोषणा गरिएको निर्वाचन मधेसकेन्द्रित दलले नमान्ने भएकाले निर्वाचनको वातावरण निर्माणकै लागि पनि संशोधन आवश्यक भएको बताए । यही पुस २५ गतेसम्म चल्ने महायज्ञमा पं नारायणप्रसाद आचार्यले कथा वाचन गर्नेछन् । रासस

कालीगण्डकी करिडोर रमेश लेखक

विशेष