समाज

करेन्ट लागेर गैंडाको मृत्यु, खाग र खुर झिकियो

करेन्ट लागेर गैंडाको मृत्यु, खाग र खुर झिकियो
पुस–१८ । नवलपरासीको गैंडाकोट–७, गैरीमा साेमबार विहान एक वयश्क गैंडा मृत भेटिएको छ । सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्ण देवकोटाले करेन्ट लगाएर गैंडा मारेको हुन सक्ने बताए । निकुञ्ज क्षेत्रभन्दा बाहिरी क्षेत्रमा गैँडा मरेकाले त्यसको अनुसन्धान जिल्ला वन कार्यालय, नवलपरासीले गरेको उनले जानकारी दिए । गैंडाको मृत्युबारे अनुसन्धान गर्न सहायक वन अधिकृत ईश्वर वाग्लेलाई वन कार्यालयले खटाएको छ । गैंडाको पोष्टमार्टम गर्दा प्रारम्भिक रिपोर्टमा करेन्ट लागेर गैंडा मरेको हुन सक्छ । उनले भने–‘विद्युतीय तारबार क्षेत्र नभएकाले मान्छेले नै करेन्ट लगाएको हुन सक्छ विस्तृत अध्ययन गर्दैछौं ।” गैंडाको शरीर परीक्षणका लागि चिकित्सकसहितको टोली सेक्टर वन कार्यालय, कावासोती आएको थियो । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, प्रहरी र वन कर्मचारीको रोहवरमा आजै खाग र खुर सुरक्षितरुपमा निकालिएको वन कार्यालयले जनाएको छ । वन कार्यालयले एक जनालाई अनुसन्धानका लागि नियन्त्रणमा समेत लिएको जनाएको छ । रासस  

गैंडा नवलपरासी

विशेष