सर्वोच्चमा दुई न्यायाधीश सिफारिस
पुस–१८ । न्याय परिषद्को साेमबारको बैठकले सर्वोच्च अदालतका लागि दुई न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।
बैठकले पोखरा उच्च अदालतका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारी र वीरगन्ज उच्च अदालतका मुख्य न्यायाधीश तेजबहादुर केसीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको न्याय परिषद्का सचिव कृष्ण गिरीले जानकारी दिए ।
न्यायाधीश नियुक्ति
सर्वोच्च अदालत