स्वास्थ्य

जाडो मौसममा हुने रोगहरु र बच्ने उपाय

जाडो मौसममा हुने रोगहरु र बच्ने उपाय
शरिरलाई नयाँ मौसममा एडजस्ट हुन पनि गाह्रो हुन्छ, जसका कारण विभिन्न रोगको जोखिम बढ्छ । वातावरणमा आएको परिवतर्नलाई विभिन्न रोगले पनि संकेत गरेको पाइन्छ । ख्याल नपु-याउँदा धेरै मानिस चिसोको शिकार हुने गरेका छन् ।
मौसमी फ्लू: कुनै एक व्यक्तिको श्वासप्रश्वास, खोकी हाच्छ्यु र सामान्य बोलीचालीबाट पनि मौसमी फ्लू सर्छ । संक्रमित व्यक्तिको मुख, नाक र आँखाबाट मौसमी फ्लू सर्छ । बच्ने उपायः शरिरले तापक्रम एडजस्ट गर्न नसक्ने भएकाले जाडोमा अत्याधिक चिसो वा तातोमा स्थानमा नबस्न बिज्ञहरु बताउँछन् । एसीमा बसेर बाहिर निस्किदा शरिरले बाहिरको चिसो मौसमसँग एडजस्ट गर्न नसक्ने भएकोले धेरै तापक्रममा नबस्न बिज्ञहरु सुझाव दिन्छन् । खोकीः धुलो, सुख्खा र चिसो हावाका कारण जाडोमा खोकीको जोखिम हुने गर्छ । यदि पिनासको समस्या छ भने धुलोबाट बच्नुपर्छ । बच्ने उपायः खोकीबाट बच्न खानेकुरामा विशेष बिचार पु¥याउनुपर्छ । नियमित तातोपानी खानुपर्छ । शरिरमा चिसो र तातोको सन्तुलन मिलाउनुपर्छ । तातोपानी, चिया अथवा कफी खाएर चिसो पानी वा अन्य ड्रिंक्स खानुहुन्न । बाहिर निस्किदा जहिले पनि मास्क लगाउनुपर्छ । फुस्रो छालाः चिसो मौसममा अधिकांश मानिसको छाला फुस्रो हुन्छ । पर्याप्त पानी नखाँदा छाला फुस्रो हुने ओठ फुट्ने गर्छ । बच्ने उपायः फुस्रो छालाबाट बच्न हरेक रात सुत्नुअघि कोकोनट र आलमोन्डको तेल लगाउनुपर्छ । तेलीय खानेकुरा खानुहुँदैन । प्रशस्त पानी पिउनुपर्छ । टाउको दुख्नेः चिसोका कारण कतिपय मानिसमा टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या आउन सक्छ । बच्ने उपायः उनीको टोपी, मफलर लगायतका न्याना लुगा लगाउनुपर्छ । रोग निम्तिनुमा खानपिन पनि जिम्मेवार हुने भएकोले नियमित पोषिलो खानेकुरा खानुपर्छ । चिसोकै कारण बारम्बार टाउको दुखेमा दैनिक मनतातो अदुवा पानी पिउनुपर्छ । एजेन्सी

cold जाडाे

विशेष