स्वास्थ्य

किन फुल्छ सानै उमेरमा कपाल ? यस्ता छन् कारण

किन फुल्छ सानै उमेरमा कपाल ? यस्ता छन् कारण
यदि २० वर्षकै उमेरमा तपाईंको कपाल फुल्न थालेको छ भने यो निकै अस्वभाविक हो । सानो उमेरमा अस्वभाविक रुपमा कपाल फुल्नुमा वातावरण र जीवनशैलीका विभिन्न तत्वले पनि महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । तनाव विज्ञहरुले तनाब र कपाल फुलाईबीच गहिरो सम्बन्धबारे बहस गर्दै आएका छन् । तर केही वैज्ञानिकहरुले भने तनाब र कपाल फुलाईमा विशेष सम्बन्ध रहेको बताएका छन् । सन् २०१३ मा न्युयोर्क युनिर्भ्सिटीले नेचर मेडिसियनमा प्रकाशित एक अध्ययन अनुसार तनाबका कारण मूल कोषिका (स्टिम सेल) ले कपालको जराभित्रको नली साँघुरो पारिदिन्छ । सो अध्ययनलाई पुष्टि गर्ने अन्य अध्ययन भएका छैनन्, तर पनि कपाल फुल्ने समस्या र तनाबबीच गहिरो सम्बन्ध रहेकोे वैज्ञानिकहहरु बताउछन् । थाईरड र पियूष ग्रन्थीमा समस्या थाईरड र पियूष ग्रन्थीमा समस्या देखिएमा त्यसको असर कपालमा पर्ने विज्ञहरु बताउँछन् । तालु खुइलिने, छाला वा कपालसम्बन्धि रोग (अटोइम्युन) का कारण पनि कपाल फुल्छ । आफ्नो कोषले आफ्नै शरिरलाई हानि गर्नुलाई अटोइम्युन भनिन्छ । भिटामिन बी १२ को कमि कपाल फुल्नुको अर्को कारण भिटामिन बी १२ को पनि कमि हो । त्यस्तै सदाबहार शाकाहारी, गर्भ निरोधक पिल्स सेवन र पेट तथा आन्द्रा सम्बन्धि समस्याका कारण पनि कपाल फुल्छ । धुमपान धुमपानले सबैभन्दा ठूलो अशर छाला र कपालमा गर्छ । चुरोट सेवन र ३० वर्षअघिको उमेरमा कपाल फुल्नुमा एक प्रकारको सम्बन्ध हुने गर्छ । चुरोट पिउनेको छाला च्याउरी पर्छ । तालुमा छाला च्याउरी परेको नदेखिए पनि यसले ससाना कोषहरुलाई असर गर्छ । एजेन्सी

Aged Hair

विशेष