प्रवास

जिप दुर्घटनामा चार नेपालीको मृत्यु

जिप दुर्घटनामा चार नेपालीको मृत्यु
पुस - १८। भारतको उत्तराखण्डमा जिप दुर्घटना हुँदा एकै परिवारका चार नेपालीसहित छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी शर्माली– २ डोवराका गोमादेवी साउद, गोविन्दसिंह साउद, वासुसिंह साउद र वासुकै पाँचवर्षीय नाति रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । दुर्घटनामा सोही परिवारकै अन्य चार सदस्य पनि घाइते भएका छन् । उनीहरुको नाम खुल्न नसकेको र भारतकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बैतडीको शर्माली घर भएका उनीहरु कञ्चनपुरबाट भारतको बाटो हुँदै घर फर्किरहेका बताए । भारतको उत्तराखण्डअन्तर्गत लुहाघाटबाट सुगरखालतर्फ आइरहेको जिप आइतबार अपराह्न मणिलेक नजिकै दुर्घटनामा परे पनि आज मात्रै खबर आइपुगेको हो । दुर्घटनामा दुई भारतीयको पनि ज्यान गएको बताइएको छ ।

जिप दुर्घटना

विशेष