स्वास्थ्यमन्त्री गगन थापाले पढ्नै पर्ने समाचार
पुस १९ । पत्यार नलाग्न सक्छ–सिटामोलसमेत छैन जाजरकोका अस्प्तालमा । स्वास्थ्य चौकीको त कुरै छाडौं, जिल्ला अस्पतालले समेत उपचार गर्न सक्दैन ज्वराका बिरामीको । र समान्य चोटपटकका बिरामीसमेत रिफर गरिन्छन्–सुर्खेत र नेपालगञ्जका अस्पतालहरुमा ।
बर्षैपिच्छे महामारी र प्रकोपले आक्रान्त भइरहने जाजरकोटमा नै औषधि छ, न त पूर्वाधार र जनशक्ति नै । जिल्ला अस्पताललगायत ३ दर्जन स्वास्थ्य संस्थाहरु नाम मात्रका छन् ।
१५ शैय्याको जिल्ला अस्पताललाई सरकारले एक वर्षअघि ५० शैय्यामा विस्तार गरे पनि उपचार प्रणाली स्वास्थ्य चौकी जतिको पनि छैन । सामान्य रागकै रिफर दिनहुँ रिफर गरिन्छन् । ज्वरो, निमोनिया, फयाक्चर, सुत्केरी, दमलगायत सामान्य स्वास्थ्य समस्याकै उपचार हुन सक्दैन ।
–कान्तिपुर दैनिकबाट