स्वास्थ्य

जाडोमा छालाको हेरचाह यसरी गर्नुहोस्

जाडोमा छालाको हेरचाह यसरी गर्नुहोस्

जाडो महिनामा छाला फुट्ने, सुख्खा हुने मात्र होइन छालामा अन्य विभिन्न समस्या पनि देखा पर्छन् ।

चिसो मौसममा पनि छालालाई मुलायम, सुन्दर एवं चम्किलो राख्न त्यसको विशेष स्याहार गर्नुपर्छ ।

बेलुका सुत्नुअघि शुद्ध मह दूधको तरमा मिसाएर अनुहारमा लगाई अनि १५ मिनेटपछि मनतातो पानीले पखाल्दा छाला मुलायम हुन्छ ।

गर्मीको तुलनामा जाडो महिनामा छालाको सुरक्षा विशेष किसिमले गर्नुपर्ने हुन्छ । छालालाई चम्किलो बनाउन हप्तामा एकपटक स्टिम लिनुका साथै स्क्रब वा फेसियल गराउन सकिन्छ ।

घरमा फेस प्याक बनाउने सामग्री नभए राति सुत्नुअघि नरिवलको तेलले फेस मसाज मात्र गर्न सके पनि छाला नरम एवं आकर्षक देखिन्छ ।

Skin care

विशेष