प्रवास

आगामी १७ जनवरीबाट अमेरिकामा ग्रिनकार्डमा कडाई, नेपाली अप्ठेरोमा

आगामी १७ जनवरीबाट अमेरिकामा ग्रिनकार्डमा कडाई, नेपाली अप्ठेरोमा

पुस १७ अमेरिकी सरकारले आगामी जनवरी १७ देखि लागु हुने गरी एक्स्ट्राअर्डिनरी ग्रिनकार्डको नियममा आमूल परिवर्तन गर्ने भएको छ ।

अमेरिकामा जागिरको अफर बिना नै दक्षताका आधारमा पाइने यो ग्रीनकार्डमा ब्यापक जालसाँजी भएको बताउँदै त्यसमा कडाइ गर्न नयाँ नियम ल्याएको बताइएको छ ।

नयाँ नियमअनुसार जालसाजी भएको प्रमाणित भएमा स्वीकृत भइसकेको आवेदन समेत खारेज हुनसक्ने छ । यसका लागि कसैले झुटो विवरण पेश गरेर जालसाँजी गरेको सूचना पाएमा त्यस्तो सूचना प्रदान गर्न सकिने व्यवस्था पनि गरिएको छ । यसका लागि छुट्टै इमेल र हुलाक ठेगाना पनि व्यवस्था गरिएको छ ।

नेपालीहरुले व्यापक उपयोग गर्दै आएको यस क्याटागोरीमा सन् २०१५ मा मात्र ७६ जना नेपालीले ग्रिनकार्ड पाएका थिए । यसैगरी श्रीमान् वा श्रीमतीले यस क्याटागोरीमा ग्रीन कार्ड पाएका उनीहरूका श्रीमती वा श्रीमानले पाउने ग्रीनकार्ड इबी टु क्याटेगोरीबाट ९ सय १९ र छोराछोरीले पाउँने इबी थ्री क्याटेगोरीबाट ३ सय ७७ जना नेपालीले ग्रिनकार्ड पाएका थिए ।

विज्ञान, कला, शिक्षा, व्यापार र खेलकुदका क्षेत्रमा एक्स्ट्राअर्डिनरी प्रमाणित गरेर ग्रीनकार्ड लिने यो क्याटागोरीमा खासगरी कला क्षेत्रमा क्स्ट्राअर्डिनरी प्रमाणित गरेर धेरै नेपाली कलाकार र उनीहरूका परिवारले ग्रीन कार्ड लिदैआएका छन् । उनीहरूका अतिरिक्त थोरै संख्यामा नेपाली पत्रकार, प्रोफेसर, शोधकर्ता, खेलाडीले पनि ग्रिनकार्ड लिएका छन् ।

अमेरिकी सरकारको नयाँ नियमबाट धेरै नेपालीहरू प्रभावित हुने अनुमान गरिएको छ । योसँगै अमेरिकाका रहेका नेपाली कानून व्यवसायीहरूको व्यवसाय पनि स्वतः प्रभावित हुने देखिन्छ ।

US Visa

विशेष