समाज

पूर्व प्रधानमन्त्री भट्टरार्इले घुमाउराे शैलीमा मागे माफी

पूर्व प्रधानमन्त्री भट्टरार्इले घुमाउराे शैलीमा मागे माफी

पुस १९ । टोपी दिवसको बारेमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आलोचनात्मक टिप्पणी गरेपछि उनको व्यापक विरोध भएको छ ।  त्यसको बचाउ गर्दै बाबुराम भट्टराईले घुमाउराे शैलीमा माफी मागेका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत म टोपीको विरोधी होइन भन्दै घुमाउरो पारामा माफि मागेका हुन्।

उनले लेखेकाे स्टाटस यस्तो छ

बाबुराम र टोपीको जन्मजात साइनो छ है ! बाबुरामलाई टोपी विरोधीको रुपमा प्रस्तुत गर्नु तथ्यसंगत, तर्कसंगत, न्यायसंगत हुन्न !

सबैलाई आफ्नो वेशभूषाप्रति भावनात्मक लगाव र माया हुन्छ ! त्यो मानवीय स्वभाव हो ! तर आफ्नो जातीय पोशाकको अतिशयपूर्ण महिमामण्डन गर्ने, त्यसैलाई समग्र राष्ट्रियताको प्रतीक मान्ने गरियो भने एउटा बहुजातीय र बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा अरू जाति र समुदायमा प्रतिशोधको भावना जन्मन्छ र त्यसले देश र समाजलाई ठुलो नोक्सान गर्न सक्छ ।

अर्कोतिर, आजको विकसित वैज्ञानिक र भूमण्डलीकृत युगमा हामीले राष्ट्रियताको बिम्ब पुरानो युगमा झैं पोशाक, भोजन, संस्कृति आदिलाई भन्दा वैज्ञानिक चिन्तन, आर्थिक विकास, आधुनिक प्रविधि र समग्र जनताको सुखसमृद्धिलाई बनाउनुपर्छ । भावनालाई भन्दा विवेकलाई जीवनको मार्गदर्शक बनाउनुपर्छ !

सबैको ध्यान पुगोस्! सबैको जय होस्स् !

Bbauram Bhattarai

विशेष