एक महिना अघि हराएका चन्दननाथका मूर्ति फेला
पुस १९ । जुम्लाको चन्दननाथ मन्दिरबाट हराएका मूर्तिहरु एक महिनापछि भेटिएका छन् । कर्णाली अञ्चलकै प्रशिद्ध चन्दननाथ मन्दिरबाट गत मंसिर ११ गते राति २१ वटा मूर्तिहरु चोरी भएका थिए ।
तर, चाँदीको दत्तात्रयको मूर्तिबाहेक अरु सबै मूर्तिहरु भेटिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । भेटिएकामध्ये दुईवटा शंखसमेत छन् ।
उनले भने ‘देपाल गाउँको खोलामा मूर्तिहरु भेटिएका छन् । दत्तात्रयको मूर्ति भने भेटिएको छैन, त्यसको खोजी जारी छ ।’ चोरी भएको दत्तात्रयको मूर्तिको शिरमा सुनको मुकुट र अन्य भाग चाँदीले बनेको थियो । मुख्य मन्दिरको पादुकाको अघि कमलको आसन बनाएर १२ धार्नी तौल भएको दत्तात्रेयको मूर्ति राखिएको थियो ।
सो मूर्तिसहित सुन र चाँदीले बनेको १८ हात भएको भगवतीको मूर्ति, तामा(पित्तलले बनेको बुद्धको मूर्ति र अन्य मिश्रति धातुले बनेको कृष्ण, विष्णु, गोपाल, अप्सरालगायतका देवी देवताका मूर्तिहरु चोरी भएका थिए ।
Chandan Nath Murti