खेल

युनाइटेडको लगातार छैठौँ जित, विवादास्पद खेलमा २–० ले विजयी

युनाइटेडको लगातार छैठौँ जित, विवादास्पद खेलमा २–० ले विजयी
पुस–१९ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटनह्यामसँग अंक बराबरी गरेको छ । लिगअन्तर्गत सोमबार राति भएको विवादास्पद खेलमा युनाइटेडले वेष्ट ह्यामलाई २–० ले हराउँदै अंक बराबरी गरेको हो । खेलको १५ औँ मिनेटमा सोफियान फिगुलीले गम्भीर ट्याकल गरेको भन्दै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रेफ्रिको निर्णय विवादास्पद बनेको थियो । रिप्लेमा दुई खेलाडीले गम्भीर ट्याकल नभई बल नियन्त्रणमा लिनका लागि प्रयास गरेको देखिएको थियो तथापि वेष्ट ह्याम १० खेलाडीमा सीमित रह्यो । पहिलो हाफ गोलरहित सकिएको खेलको ६५ औँ मिनेटमा आन माटाले गोल गर्दै युनाइटेडको लागि सुरुवाति अग्रता दिलाए । त्यस्तै ७८ औँ मिनेटमा जाल्टान इब्राहिमोविचले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । युनाइटेडले लिगमा लगातार छैठौँ जित निकाल्न सफल भएको छ । जितपछि युनाइटेडको २० खेलबाट ३९ अंक भएको छ । एक खेल कम खेलेर पाँचौँ स्थानमा रहेको टोटनह्यामको पनि ३९ अंक नै छ ।

इंग्लिस प्रिमियर लिग टोटनह्याम म्यानचेस्टर युनाइटेड

विशेष