१० खेलाडीमा सीमित सिटी २–१ विजयी

पुस–१९ । इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । सिटीले बर्नलीलाई २–१ गोलले हराएको हो ।
खेलको ३२ औँ मिनेटमा सिटीका फरनान्डिन्होले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित टोलीको लागि गेल क्लिसी र सर्जियो अग्युरोले १–१ गोल गरे । बर्नलीको लागि मीले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५८ औँ मिनेटमा क्लिसीले सिटीलाई सुरुवाति अग्रता दिलाए । ६२ औँ मिनेटमा अग्युरोले सिटीको अग्रता दोब्बर बनाए । बर्नलीको लागि ७० औँ मिनेटमा मीले एक गोल फर्काएका थिए ।
जितपछि तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० खेलबाट ४२ अंक भएको छ ।
इंग्लिस प्रिमियर लिग
बर्नली
म्यानचेस्टर सिटी