प्रवास

अष्ट्रेलियाको शिखरमा एकैपटक ४९ नेपाली

अष्ट्रेलियाको शिखरमा एकैपटक ४९ नेपाली
पुस–१९ । ४९ जना नेपालीहरुले अष्ट्रेलियाको सबैभन्दा अग्लो शिखर Mt. Kosciuszko को  सफल आरोहण गरेका छन् । २ हजार २ सय २८ मिटर अग्लो शिखर चढ्न ५७ जना गएको तर ४९ जनामात्र चुचुरोमा पुग्न सफल भएको आयोजक नेपाल संघीय समाज अष्ट्रेलियाले जनाएको छ । ओरोहण गर्ने नेपालीहरुले एउटै देशका यति धेरै संख्यामा एकैपटक हिमाल आरोहण गरेर विश्वकीर्तिमान राखेको दाबीसमेत गरेका छन् । सफल आरोहण गर्ने मध्ये पुरुषबाट नवांग चेड्रुप शेर्पा तथा महिलातर्फ उपमा कार्की पहिलो भए । त्यस्तै जेठो आरोही ६४ वर्षका बलराम अधिकारी थिए भने ४ वर्षका माबोन अधिकारी कान्छो आरोहीमा रहे ।

Mt. Kosciuszko अष्ट्रेलिया आरोहण नेपाली

विशेष