देश

प्रधानमन्त्रीद्वारा अग्निपीडितलाई १ करोडसहितको विशेष राहत प्याकेज घोषणा

प्रधानमन्त्रीद्वारा अग्निपीडितलाई १ करोडसहितको विशेष राहत प्याकेज घोषणा
पुस - १९, तेह्रथुम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सक्रान्तिबजारका अग्निपीडित सहयोगका लागि एक करोड रुपैयाँ सहितको विशेष राहत प्याकेज घोषणा गरेका छन् । तेह्रथुमको सक्रान्तिबजार भएको भिषण आगलागी क्षेत्रको स्थलगल निरीक्षण तथा अग्निपीडितसँग भेटपछि मंगलबार प्रधानमन्त्री दाहालले प्रधानमन्त्री दैवी राहत कोषबाट १ करोड रुपैयाँ उपलब्ध गराउने बताएका हुन् । दाहालले आगलागी पीडितहरुकालागि राहत प्याकेजको घोषणा गर्दै सक्रान्तिबजारका अग्निपीडित परिवारलाई पुनर्निर्माण तथा व्यावसाय पुनस्र्थापित गर्न विना धितो न्युनतम ब्याजदरमा ऋण उपलब्ध गराउने, सदमुकाम म्याङलुङ र संक्रानिबजारमा वृहत खानेपानी आयोजना सहितको फायर हाईडे«लको सन्चालन, दमकल खरिद, संक्रान्मिबजारमा चाडै केन्द्रीय प्रशारण लाइन विस्तार गरिने समेत प्याकेजमा घोषणा गरे । तत्कालै संक्रानितबजारमा नेपाल बैंक तथा कृषि विकास बैंकका शाखाहरु पुनस्र्थापनासम्बन्धी निर्देशन भई सकेको र तत्कालै बैंकका शाखाहरु पुनस्र्थापना गर्नका लागि आवश्यक पहल गरिने बताए । जिल्लाको विकासका लागि तमोर जलशाययुक्त आयोजना अघि बढाउन उर्जा मन्त्रालयलाई निर्देशन समेत दिएको उनले उल्लेख गरे । बसन्तपुर–म्याङलुङ सडक खण्ड कालोपत्रे, मध्यपहाडी लोकमार्ग निर्माण, पाँचथर हाक्पारा घाटमा मटोर पुलको निर्माण, तमोर नदीको तटीय क्षेत्रका ९ गाविसमा खानेपानीको व्यवस्था साथै खोज तथा उद्धारका लागि सुरक्षा निकायलाई आवश्यक सामग्रीको व्यवस्था बजेट कार्यत्रमा मार्पmत गरिने प्रधानमन्त्री दाहालले घोषण गरे । फरक प्रसंगमा प्रधानमन्त्री दाहालले मुलुक अहिले सबैभन्दा बढी संकटको घडीमा रहेको भन्दै यसको समाधान तर्फ सबैको ध्यानाकर्षण हुनु जरुरी रहेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले आठराई क्षेत्र ऐतिहासिक र थुप्रै नेताहरुको जन्मस्थान भएर पनि विकासमा पछि परिरहेको देखेको भन्दै आगलागीपछि राज्यकै ध्यानाकर्षण गर्न सकेकाले अब यस क्षेत्रको विकासले गति लिने विश्वास व्यक्त गरे । कार्यक्रममा एमाले प्रमुख सचेतक भानुभक्त ढकालले संसदमा एमाले प्रमुख प्रतिपक्षी भएपनि सरकारका सकारात्मक कदम र समस्याहरु सुल्झाउन सधै एमालेको साथ र समर्थन रहने बताए । कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, कांग्रेस केन्द्रिय सदस्य तथा सभासद सीता गुरुङ, भवानी प्रसाद खापुङ र गणेश विमलीले मन्तव्य राखेका थिए । पौष १ गते भएको आगलागीमा परि सक्रान्तिबजारका २४ घर पुर्ण रुपमा जलेर नष्ट भएका थिए भने अन्य ५ घरमा आंशिक क्षति पुगेको थियो । आगो निभाउन ३ वटा टहरा भत्काइएका थिए । आगलागीबाट ७३ परिवार विस्थापित भएका छन् । प्रहरी मचुल्का अनुसार आगलागीबाट १४ करोड ८ लाख रुपैयाँको धनमाल जलेर खरानी भएको छ ।
अमृत बास्तोला/तेह्रथुम

विशेष