आगलागीबाट पाँच लाखको क्षति

पुस–१९ । पाँचथरको याङ्नाम–८ बाँस्बोटेका नरकुमार केरुङको घरमा मंगलबार आगलागी हुँदा करिब रु पाँच लाखबराबरको क्षति भएको छ ।
आगलागीमा परी केरुङका दुृईवटा घर पूर्णरुपमा क्षति हुँदा रु पाँच लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्र रहेको लत्ताकपडा, सुनचाँदीलगायतका सामग्री जलेर खरानी भएको स्थानीय विक्रम केरुङले जानकारी दिए ।
भान्साकोठाबाट सुरु भएको आगलागी स्थानीयको सक्रियतामा दुई घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको थियो । रासस
आगलागी
पाँचथर