कभर स्टोरी

अंश माग्ने छोरालाई एमाले नेताले लगाइदिए हतकडी (भिडियो)

अंश माग्ने छोरालाई एमाले नेताले लगाइदिए हतकडी (भिडियो)



  पूर्वमन्त्री तथा एमाले सांसद कृपासुर शेर्पाले आफ्नै छोरालाई पक्राउ गर्न लगाएका छन् । छोरा गणेश शेर्पालाई अंशका लागि छलफल गर्न भन्दै बोलाएर कृपाशुरले प्रहरीको जिम्मा लगाएका हुन् । गणेशलाई गौरीधारा बिटले काठमाडौँको चावाहीलस्थित हेल्पिङ ह्याण्ड हस्पिटल नजिकैबाट दिउँसोको करिब चार बजे पक्राउ गरेको हो । गौरीधारा बिटले उनलाई दुई घण्टापछि गौशाला प्रहरी प्रभागमा पठाएको छ । गणेशले पैतृक अंश माग गर्दै आएका थिए । अंश दिने भन्दै बोलाएर कृपाशुरले गणेशलाई हतकडी लगाइदिएका हुन् । छोरालाई बोलाएको ठाउँमा कृपाशुरले प्रहरी पनि बोलाएका थिए । केही बेर छलफल गरेपछि कृपाशुरले ‘यसलाई लैजाओ’ भन्दै प्रहरीलाई निर्देशन दिएका थिए । कृपाशुरले आफ्नै माहिली श्रीमतीपट्टीबाट जन्मेका गणेशलाई अस्विकार गर्दै आएका थिए । गत बर्ष पर्यटन मन्त्री भएसँगै कृपाशुरको पारिवारिक कथा बाहिर आएको थियो । मन्त्री पद खुस्किने सम्भावना बढेपछि उनले गणेशलाई नागरिकता दिएका थिए । अंशपनि दिने आश्वासन दिएपछि गणेशको बुबासँग मिल्ती भएको थियो । मन्त्री पदबाट बाहिरिएसँगै उनले छोरालाई अंश नदिने बताएका थिए ।
‘बाबाले बोलाएर गएको हुँ, अंशका लागि छलफल गर्न आइज भन्नु भयो । म खुशी हुँदै गएँ’ गौशाला प्रहरी प्रभागमा गणेशले रुँदै भने ‘प्रहरी बोलाएर राख्नुभएको रहेछ । मलाई बिनाकसुर पक्राउ गरियो ।’ आफ्ना बारेमा मिडियामा आएका समाचार हटाउन लगाउँछस कि उढाइदिउँ भन्दै कृपाशुरले छोरालाई शुरुमा धम्काएका थिए । यसअघि बास माग्न गएकी बुहारी र नाति नातिनालाई कृपाशुरले गोलीले उढाइदिने धम्की दिएका थिए । कृपाशुरले दिएको धम्कीको भिडियो नेपाल आजले प्रकाशित गरेको थियो । गौशला प्रहरीले माथिको आदेशमा गणेशलाई पक्राउ गरिएको जनाएको छ । यसअघि गणेशले न्यायका लागि भन्दै एमाले पार्टी कार्यालय र अध्यक्ष केपी ओलीसमेक्ष विन्तिपत्र पेश गरेका थिए । ओलीले ‘छोरालाई न्याय दिने’ आश्वासन दिएका थिए ।

र याे पनि,


बुबा माननीय भएर के गर्नु, छोराको हाल यस्तो छ !

दलित पत्नीपट्टिका बुहारी र नातिनातिना घर पस्न खोज्दा कृपासुरले गोली ठोकेर मार्ने धम्की दिए

जागिर माग्न जाँदा, ‘मन्त्रीको छोरालाई ड्राइभरको जागिर दिन्न भन्छन्’

व्यभिचारीको आरोप लागेका कृपासुर शेर्पाको गाडीमा निरु पाल भेटिएको विषयले हंगामा

केपी ओलीले काँध थापेका कृपासुरको यस्तो कर्तुतः भुँडी बोकाएर भाग्ने देखि बुहारीलाई गोली ठोक्नेसम्म

ganesh sherpa kripasur sherpa

विशेष