समाज

प्रचण्ड पुत्र प्रकाश भन्छन् ‘रेखा थापालाई मसँग जोड्नेले जघन्य अपराध गरे’

प्रचण्ड पुत्र प्रकाश भन्छन् ‘रेखा थापालाई मसँग जोड्नेले जघन्य अपराध गरे’

रेखा थापालाई तपाईले ह्यारेस गरेर पार्टी छाड्ने स्थितिमा पुर्याएको चर्चा भयो । वास्तविकता के हो  ? 

जनयुद्धको राप र तापले रेखा थापा जस्ता लाखौं जनता माओवादी आन्दोलनमा आए । राजनीतिक उतार चढावआयो । उहाँहरुले सोचेजस्तो सबै कुरा सम्भव भएनहोला । राजनीतिक बक्ररेखामै अघि बढ्छ ।

जहाँसम्म रेखाथापाको बहिर्गमनसँग मलाई जोडेर प्रचार गरिएको छ । यो बिल्कुलै भ्रामक र कपोलकल्पित छ जसरी पनि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ममाथि आरोपित गरियो, यो पत्रकारिता नभएर जघन्य अपराध हो । सत्य, तथ्य र प्रमाणबिना मान्छेको चरित्र हत्या गर्नेहरु कानुनको दायरामा आउनुपर्छ ।

सिर्जना त्रिपाठीसँग विवाह गरेर बिना मगरसंग विवाह गर्नु भयो वास्तविकता के हो ?

विगतमा मेरो तर्फबाट प्राविधिक गल्ती भएको हो । जुन कुरा सार्वजनिक रुपमा मैले स्विकार गरेको छु । मेरो प्रष्ट मत छ, कोही अन्यायमा पर्नु हुँदैन । पारिवारिक मामिलामा जे गरेर दुबै पक्षलाई सहज र न्याय हुन्छ, त्यसका लागि म सँधै तयार छ । समस्या आइसकेपछि समाधान खोजेर अधि बढ्नु नै उत्तम हुन्छ । यसलाई दाउपेच वा राजनीतिक लाभ हानीको विषय बनाएर उपर्युक्त निकासमा पुग्नु पर्छ भन्ने लाग्छ ।

आजकाल दुइचार पेग पिउने बानी छ कि बन्द भयो ?

नियमित पिउने बानी कहिल्यै थिएन । एकपटक निदाएको बेला फोटो सार्वजनिक गरेर मेरो चरित्र हत्या गर्ने कोशिस गरियो । म रक्सी पिउँदिन, त्यसबाट बिल्कुल अलग छु, शंकाले लंका जलाउनेहरुका लागि त के जवाफ हुन सक्ला र ?

प्रचण्डपुत्र प्रकाशसँग जनआस्था साप्ताहिकले गरेको कुराकानीमा आधारित

prakash dahal

विशेष