समाज

समाचार प्रभावः प्रधानमन्त्रीले डाके खानेपानीमा झेल गर्ने निकायका हाकिमहरुलाई

समाचार प्रभावः प्रधानमन्त्रीले डाके खानेपानीमा झेल गर्ने निकायका हाकिमहरुलाई

पुस २० । पहुँचवालालाई भनेजति पानी दिने, सर्वासाधारणको धारामा एक हप्तामा पनि पानी नआउने सम्बन्धि समाचार सार्वजनिक भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार सरोकारवालाहरुलाई छलफलका लागि बोलाएका छन् ।

छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयका अधिकारीहरु, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अधिकारीहरु, मेलम्ची खानेपानी आयोजनाका जिम्मेवार व्यक्तिहरुलाई डाकिएको छ । खानेपानी तथा सरसफाई मन्त्रायका सचिव भीम उपाध्यायका अनुशार प्रधानमन्त्रीद्वारा गर्न खोजिएको यो छलफल नियमित जस्तो लाग्दैन । सचिव उपाध्यायले भने, ‘कतै नियमित पानी जाने, कतै हाहाकार हुने गुनासोमा पनि छलफल हुनेछ ।’

नेपाल आजले मंगलबार बिजुलीमा जस्तै खानेपानीमा पनि पहुँचवालाको राज रहेको खुलासा गरेको थियो । काठमाडौंमा ठूला तारे होटल, होटल, रेष्टुरा, पहुँचवालाहरुको घरमा नियमित पानी दिने व्यवस्था मिलाइएको छ । भल्भ रेगुलेटिङ सिस्टममा गडबडी गरेर एकक्षेत्रको पानी अर्को क्षेत्रमा पठाउने, रिजर्वायरबाट सोझै पाइप जोड्ने लगायत गडबडी गरेर खानेपानीको कृत्रिम चरम अभाव सिर्जना गरिएको स्रोतको दाबी छ ।

र यो पनि

http://nepalaaja.com/2017/01/48860

विशेष