प्रवास

इराकमा मारिएका १२ नेपालीका आफन्तले अमेरिकामा मुद्धा हाले

इराकमा मारिएका १२ नेपालीका आफन्तले अमेरिकामा मुद्धा हाले

पुस २० । इराकमा मारिएका १२ नेपालीका आफन्तले अमेरिकी कम्पनीविरुद्ध हालेको मुद्दा हालेका छन् । अमेरिकाको पुनरावेदन अदालतले अमेरिकी कम्पनी केलोग ब्राउन एण्ड रुट (केबीआर) कै पक्षमा फैसला सुनाएको हो ।

सन् २००४ मा इराकस्थित अमेरिकी सैन्य अड्डामा काम गर्ने १२ नेपालीको अपहरणपछि हत्या भएको थियो । उनीहरुलाई केबीआर अन्र्तगतको दाउद एण्ड पार्टनर्सले अम्मानस्थित एक लग्जरी होटलमा काम गर्न लैजाने भनेर इराक र्पुयाएको दाबीसहित मृतकका आफन्त र अपहरणमा नपरेका नेपालीहरुले अमेरिकी कम्पनी केबीआरविरुद्ध अमेरिकी अदालतमा मुद्दा हालेका थिए ।

२०१३ मा अमेरिकी तल्लो अदालतले नेपालीहरुको विपक्षमा फैसला सुनायो । त्यसविरुद्ध परेको अपिलमा न्यू ओलियन्सको पुनरावेदन अदालतले पनि अमेरिकी कम्पनीकै पक्षमा फैसला सुनाएको छ ।

अदालतका तीन न्यायाधीशको इजलासमा भएको सुनुवाइका क्रममा बहुमतबाट यो निर्णय आएको हो । दुई न्यायाधीशले केबीआर अमेरिकी कम्पनी भएपनि सबै घटना विदेशमा भएकाले अमेरिकी अदालतको क्षेत्राधिकारमा नपर्ने मत राखे ।

विशेष