समाज

मालपोल कार्यालय संक्रान्तिबजारको उद्घाटन

मालपोल कार्यालय संक्रान्तिबजारको उद्घाटन
[caption id="attachment_49061" align="aligncenter" width="905"] फोटो : अमृत बास्ताेला[/caption]

पुस २० । तेह्रथुमको पूर्वी आठराई क्षेत्रका ९ गाविसलाई लक्षित गर्दै मालपोल कार्यालय संक्रान्तिबजारको उद्घाटन भएको छ । कार्यालयको प्रमुख जिल्ला अधिकारी मनुका न्यौपानेले आठराई क्षेत्रको संकेतस्वरुप आठ वटा मैन वत्तिमा दिपप्रज्वलन गरेर उद्घाटन गरिन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेले जनाताको घरदैलोमा कार्यालय स्थापना भएपछि आठराई बासीलाई सहजहुने बताए ।

सुशासन प्रवद्धनमा सानो कदमले ठूलो प्रभाव जमाउने भएकाले मालपोल कार्यालय संक्रान्तिबजारका कर्मचारीलाई अनुशासित र मर्यादित भएर कार्य सम्पादन गर्न समेत प्रजिअ न्यौपानेले निर्देशन दिनु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला मालपोत कार्यालय तेह्रथुमका प्रमुख विजय ईङनामले नेपाल सरकार आठराईृ क्षेत्रको पहुँचमा आएकोले कार्यालय संचालनमा सबै सरोकारवाला निकायहरुलाई आवश्य सहयोगको आग्रह गर्दै मालपोत संक्रान्तिबजारका कर्मचारीहरुलाई नियामानुसार कार्य सम्पादन गरी सेवाग्राहीलाई सेवा प्रदान गर्नु पर्नेमा जोड दिए ।

मालपोत कार्यालय संक्रान्तिबजारको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेल, नेपाली काँग्रेस संक्रान्तिबाजरका सभापति भोलानाथ काफ्ले, नेकपा एमाले इलाका नम्बर १० का अध्यक्ष उमेश कन्दङवा, माओवादी केन्द्रका चिन्तन बराल र राप्रपाका भौरव सिटौला लगायतले सम्बोधन गर्दै आठराई क्षेत्रलाई सेवा केन्द्र बनाएर कार्यालय स्थापना भएकोमा खुसी व्याक्त गरेका छन् ।

कार्यालय संचालनमा आएपछि वर्षैदेखि सेवा लिन १२ कोष टाढा सरमुकाम म्याङलुङ धाउनुपर्ने आठराई बासीको बाध्यता अब भने हटेको छ । कार्यालयबाट आठराई क्षेत्रका ह्वाकू, ईवा, छातेढुङ्गा, चुहानडाँडा, थोक्लुङ, संक्रान्तिबजार, खाम्लालुङ, सम्दु र ईसिबु गाविसले मालपोल संग संम्बन्धित सेवा पाउने भएका छन् ।

Malpot Karyalaya

विशेष