आर्सनललाई हार अस्विकार्य, ३–० ले पछि परेको टोली बराबरीमा

पुस–२० । प्रिमियर लिगअन्तर्गत मंगलबार भएको खेलमा आर्सनल बोर्नमाउथसँग ३–३ को बराबरीमा रोकिएको छ । खेलमा अर्को दृश्य भने आर्सनलका खेलाडी एलेक्स सान्चेजले जित निकाल्न नसकेपछि पञ्चा च्यातेका थिए ।
खेल बराबरीमा सकिएपछि सान्चेजले मैदानमै पञ्जा फालेर विपक्षी खेलाडीसँग हात नमिलाई चेन्जिङ रुममा गएको थिए । यस्तै आर्सनलका म्यानेजर आर्सेने वेन्जरले भने– टोली खेल हार्न स्वीकार्य थिएन । आर्सनलले ३–० को बोर्नमाउथको अग्रतालाई ३–३ को बराबरीमा ल्याएका थिए ।
३ गोलले पछि परेर बराबरीमा ल्याउनु आर्सनल टोलीको यो पहिलो खेल थियो । ७० मिनेटसम्म ३ गोलले पछि परेको आर्सनलले खेलको बाँकी समयमा ३ गोल फर्काउन सफल रह्यो ।
आर्सनल
प्रिमियर लिग
बोर्नमाउथ