अर्थ देश प्रवास

अग्निपीडित कोषमा १३ लाख रुपैयाँ बढी जम्मा, प्रवासमा राहत संकलन तिब्र

अग्निपीडित कोषमा १३ लाख रुपैयाँ बढी जम्मा, प्रवासमा राहत संकलन तिब्र
पुस - २० । तेह्रथुमको आठराई संक्रान्तिबजारका अग्निपीडितको सहयोगका लागि अहिले सम्म १३ लाख रुपैया भन्दा बढी नगद संकलन भएको छ । दैवी प्रकोप उद्धार समिति तेह्रथुमले संचालन गरेको 'संक्रान्तिबजार पुर्नः निर्माण तथा पुर्नः स्थापना कोष'मा विभिन्न संघ संस्था र व्यक्तिहरुले उपलब्ध गराइएको राहत स्वरुप सहयोग नगद कुल १३ लाख ५५ हजार ५ सय १६ रुपैयाँ भएको हाे । कोषको खातामा बुधबारसम्म उक्त सहयाेग रकम जम्मा भएको सहायक प्रमुख जिल्ला अधिकारी जयप्रकाश बस्नेतले जानकारी दिए।तेह्रथुमको संक्रान्तिबजारमा भएको भिषण आगलागीका पीडितहरुलाई विभिन्न देशहरुमा प्रवासी नेपालीहरुबाट राहत तथा सहयोग रकम संकलनका लागि अभियान संचालन भईरहेको बताइएको छ । तेह्रथुम समाज युके र प्रवासी नेपालीहरुको संयुक्त अभियानबाट ११ लाख रुपैयाँ संकलन भएको युकेबाट सुरेन्द्र ईङनामले आठराई पत्रकार समाज तेह्रथुमलाई फेसबुक मार्फत जानकारी गराउनु भएको पत्रकार समाजका अध्यक्ष अमृत क्षेत्रीले जानकारी दिए । इजरालमा पाथिभरा मिडिया ग्रुपले पनि अग्निपीडितहरुको लागि राहत संकलन अभियान संचालन गरेको छ । मिडिया ग्रुपले चलाएको अभियानबाट १ लाख भन्दा बढी रकम संकलन भईसकेको इजरायलबाट समाजसेवी देव बास्कोटाले जानकारी दिए। त्यस्तै गरी प्रवासी नेपालीहरुबाट कोरियामा पनि “संक्रान्तिबजार पुनः निर्माण तथा पुनः स्थापना”का लागि राहत संकलन अभियान संचालन भएको कोरियाबाट रामप्रसाद उप्रेतीले जानकारी दिए । पुस १ गते भएको भिषण आगलागीबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपीडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी छ ।
अमृत बास्तोला/तेह्रथुम

अग्निपीडित

विशेष