धोनीले दिए राजीनामा

पुस २१ । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले एकदिवसीय टिमको कप्तान राजीनामा दिएका छन् ।
इंग्ल्याण्डविरुद्धको एकदिवसीय श्रृखलाको पूर्व संध्यामा उनले कप्तानबाट राजीनामा दिएका हुन् । विकेटकिपर समेत रहेका उनी टिममा भने रहन सक्नेछन् ।
३५ वर्षीय धोनी २००७ मा कप्तान बनेका थिए । उनको कप्तानीमा भारतले २००७ मा टी २० विश्वकप, २०११ मा विश्वकप र २०१३ मा च्याम्पियन्स ट्रफी जित्यो ।
अब टेष्ट कप्तान विराट कोहलीले धोनीको स्थान लिने सम्भावना छ ।
MS Dhoni
